गृहपृष्ठ बाढीले विजयपुरको डाइभर्सन फेरि बगायो
बाढीले विजयपुरको डाइभर्सन फेरि बगायो
फाइल तस्बिर
गण्डकी प्रदेशको राजधानी पोखराको मूख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।
आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा सोमबार बिहानैबाट ठूला यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार राति पनि डाइर्भसन बगाउँदा आइतबार दिउँसो बनाएर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो । नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा यातायात अवरुद्ध भएको हो । पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ ।
प्रकाशित समय ०८:३७ बजे

















