गृहपृष्ठ भारतीय नागरिकको हत्या

भारतीय नागरिकको हत्या

death-newskarobar

सुनसरीमा एक भारतीय नागरिकको विभत्स हत्या भएको छ ।

देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी भारतीय नागरिक बिलु यादवको हत्या भएको हो । भारत अररीया जिल्ला मानिकपुरका ४० वर्षीय यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले दविया प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । मेहतालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु