गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
सुनसरीको बर्जु गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा गए राति एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा देवानगञ्ज गाउपालिका–२ का धीरेन यादवको मृत्यु भएको हो । बिआर३८एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार यादव अनियन्त्रित भई पुलमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित समय ०९:२२ बजे

















