गृहपृष्ठ मेची भन्सारको मुद्दा फर्स्योटबाट तीन करोडभन्दा बढी राजस्व

मेची भन्सारको मुद्दा फर्स्योटबाट तीन करोडभन्दा बढी राजस्व

मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फर्स्योटबाट मात्रै ३ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले ५३० मुद्दा फर्स्योट गर्दा ३ करोड ३६ लाख ५८ हजार रूपैयाँ राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट सरी आएका १७ तथा गत आव २०७५/७६ मा दर्ता भएका ५३२ गरी कुल ५४९ मुद्दामध्ये ५३० फस्योट भएका थिए ।

झापाका विभिन्न नाकाबाट अवैध रूपमा हुने चोरीका मुद्दामा निकासीभन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायबसुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटर पार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायत सामान रहेका छन् ।

अवैध रूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । (रासस)

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु