गृहपृष्ठ ६ महिनामा ४ हजार ५ सय नेपाली कामदार दक्षिण कोरिया पुगे
६ महिनामा ४ हजार ५ सय नेपाली कामदार दक्षिण कोरिया पुगे
सन् २०१९ को ६ महिनामै ४ हजार ५ सय ७१ नेपाली कामदार दक्षिण कोरिया पुगेका छन् । गत वर्ष सोही अवधिमा ३ हजार ७ सय ५० कामदार कोरिया पुगेका थिए । गत वर्षको भन्दा यो वर्ष ८ सय २१ जना बढी नेपाली कामदार कोरिया पुगेका हुन् ।
इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बर्सेनि नेपाली कामदारको माग बढ्दै गएकाले जानेको संख्या पनी बढ्दो रहेको बताए । ‘सन् २०१९ का लागि पास भएका कामदारलाई पनि यसै वर्षभित्र कोरिया पु-याइसक्ने योजना छ,’ उनी भन्छन्, ‘अन्य वर्षहरुको जस्तो यो वर्ष कामदार पठाउन ढिलो हुँदैन ।’
सन् २०१८ मा ८ हजार ५ सय १७ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए । यस वर्ष भने १० हजार कामदार कोरिया जाँदै छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको श्रमसम्झौताअनुरुप कोरियाले नेपालबाट २००८ सालदेखि नेपाली कामदार लैजाँदै आएको छ । हालसम्म दक्षिण कोरिया जानेको संख्या ६१ हजार ७ सय ३७ पुगिसकेको छ । तीमध्ये कति कामदार कोरियामा कार्यरत छन् भन्ने यकिन तथ्यांक भने नेपाल सरकारसँग छैन ।
प्रकाशित समय १२:५७ बजे

















