गृहपृष्ठ विद्यार्थीलाई कक्षामा कुटपिट गर्ने शिक्षक पक्राउ
विद्यार्थीलाई कक्षामा कुटपिट गर्ने शिक्षक पक्राउ
गृहकार्य नगरेको निहुँमा एक १४ वर्षीय विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् । उक्त आरोपमा पोखरा–२५ को हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त विद्यालयमा पढ्ने उनलाई साउन ५ गते कक्षाभित्रै कुटेर घाइते बनाएको आरोपलमा अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थी अस्पतालमा उपचार गरी घर फर्किसकेको बताइएको छ ।
प्रकाशित समय १३:४६ बजे

















