गृहपृष्ठ अमेरिकामा नेपाल भ्रमण २०२० को प्रचार अभियान सुरु

अमेरिकामा नेपाल भ्रमण २०२० को प्रचार अभियान सुरु

flight

अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्यान्डबाट औपचारिक रुपमा सुरु गरेका छन् ।

प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्यान्डस्थित  आवासीय नेपाली संघले जनाएको छ  । पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली संघअन्तर्गत संगठित उनीहरूले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यसै सिलसिलामा २१ जुलाई २०१९ का दिन आयोजित उक्त संघको मेरिल्यान्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेद्वारा आयोजित ‘‘भिजिट नेपाल २०२० अभियान’ नेपाली मूलका ‘स्टेट डेलिगेट’ ह्यारी भण्डारी र महावाणिज्यदूत प्रेमराजा महतले  ‘आफू पनि नेपाल जाऔँ, अरूलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।  उक्त च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई उक्त अभियानको संयोजक चयन गरेको छ । (रासस)

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु