गृहपृष्ठ विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी पक्राउ
विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई शनिबार साँझ पोखराबाट पक्राउ गरेको हो ।
यसअघिका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बताइएको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विकका साथबाट केही थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:११ बजे

















