गृहपृष्ठ ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

accident-newskarobar

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा ट्रकको पछाडि बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
मृत्यु हुनेमा बसमा सवार झापाको मेची–२ का २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उनलाई उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गौरबाट भैँसी लिएर काठमाडौँतर्फ आउँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४८१९ नम्बरकोे बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु