गृहपृष्ठ राजस्व विभागद्वारा सुन प्रकरणमा मुद्दा दायर
राजस्व विभागद्वारा सुन प्रकरणमा मुद्दा दायर
राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो । विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए ।
प्रतिवादी गुरुङले बयानका क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् । गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ । बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।(रासस)
प्रकाशित समय ०६:५९ बजे

















