गृहपृष्ठ जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदै छौँ : सिटौला
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदै छौँ : सिटौला
फाइल तस्बिर
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रोपटक जनताको माझमा जान लागेको बताएका छन् ।
बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारबाहीबारे गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।
मंसिरसम्म संगठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मंसिरअघि १३ औँ महाधिवेशनको संगठनलाई संघीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।
केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुण दलले पूर्णता पाउन नसकेको उनले बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो । अबको महाधिवेशनमा तपाईको उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा सिटौलाले भने, ‘महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।’ (रासस)
प्रकाशित समय १५:४० बजे
















