गृहपृष्ठ पहाडी भूभागमा पहिरो जान सक्ने

पहाडी भूभागमा पहिरो जान सक्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्यून चापीय प्रणाली बनेको छ | देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ,’ महाशाखाको बुलेटिनमा छ, ‘साथै पश्चिमी पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।’

बिहीबार देशभरि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसको प्रभावले पहाडी भूभागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु