गृहपृष्ठ धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरेका बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेलले बताए ।

बैंकका कार्यकारी प्रमुख प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई आइतबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘२०७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ ।

यस बैंकका शाखाहरूबाट ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ तथा देशैभरि भिसा नेटवर्कअन्तर्गतका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक ब्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

प्रकाशित समय १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु