गृहपृष्ठ व्यापारको तथ्यांकै फरक–फरक

व्यापारको तथ्यांकै फरक–फरक

trade-deficit

सरकारका तीन निकायहरूले जारी गरेका नेपालको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांक फरक–फरक भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी गरिएको गत आर्थिक वर्षको आर्थिक विवरणअनुसार गत वर्ष नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको देखिन्छ, जबकी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष १५ खर्ब १५ अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ ।

राष्ट्र बैंकले भन्सार विभागकै विवरण प्रयोग गरेकाले दुवै निकायको विवरण भने यस पटक एकै देखिएको हो । तर, राष्ट्र बैंक र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको विवरणमा आयातको राशिमा ३ करोड रुपैयाँ र निर्यात राशिमा करिब ७ लाख रुपैयाँको फरक पाइएको छ ।

भन्सार र राष्ट्र बैंकका अनुसार गत वर्ष १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको आयात भयो भने व्यापार प्रवद्र्धन केन्द्रका अनुसार १४ खर्ब १८ अर्ब ५६ करोड ४३ लाख रुपैयाँको वस्तु आयात भयो ।

निर्याततर्फ राष्ट्र बैंकको विवरणले गत वर्ष ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँको निर्यात भएको देखिन्छ भने व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष ९७ अर्ब १० करोड ८८ लाख रुपैयाँको निर्यात भएको छ ।

आयात–निर्यातको व्यापारमा राष्ट्र बैंक, भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका विवरणमा फरक देखापरेको यो पहिलो पटक भने होइन । सरकारले गत आर्थिक वर्षमा भन्सार विभाग र राष्ट्र बैंकबीचको व्यापार तथ्यांक समान बनाउने भनेर केही समयसम्म भन्सारलाई मासिक तथ्यांक नै जारी गर्नमा रोक लगाएको थियो ।

राष्ट्र बैंकले भन्सार विन्दुसम्म प्रवाहित (फ्रेट अन बोर्ड– एफओबी) व्यापार तथ्यांकमै आधारित भएर भुक्तानी सन्तुलनसम्बन्धी तथ्यांक तयार पार्छ । सरकारी निकायहरूबीचकै तथ्यांक फरक हुनुले सरकारी तथ्यांकको विश्वासमा संकट पैदा गरेको छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु