गृहपृष्ठ नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

nekapa sachibalaya newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बुधबार बस्ने भएको छ ।

पार्टी एकताका बाँकी काम टुंग्याउने गरी बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकले प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगका काम टुंग्यो लगाउन सक्ने नेकपा स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक सचिवालयको बैठक बस्न लागेको हो ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु