गृहपृष्ठ र्याफ्टिङ एजेन्सिजको अध्यक्षमा गंगाप्रसाद नेपाल निर्वाचित
र्याफ्टिङ एजेन्सिजको अध्यक्षमा गंगाप्रसाद नेपाल निर्वाचित
साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गंगाप्रसाद नेपाल चुनिएका छन् ।
नाराको मंगलबार सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई पराजित गर्दै नेपाल निर्वाचित भएका हुन् । नेपालले ३७ मत प्राप्त गर्दा ठकुरीको पक्षमा २५ मत मात्र खस्यो । उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भए , यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । नारामा ८५ कम्पनी आबद्ध छन् ।
प्रकाशित समय ०७:४७ बजे

















