गृहपृष्ठ राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना
राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । ‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्,’ प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो । (रासस)
प्रकाशित समय १०:४२ बजे

















