गृहपृष्ठ पहाडी भू-भागमा पहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध
पहाडी भू-भागमा पहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार पहाडी भू-भागमा पहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले मंगलबार बिहान ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ । माथिको नक्सामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशका पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली र देशका मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्वी र मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श महाशाखाले देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरो जान सक्ने तथा साना र मझौला नदीहरूमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित समय १०:२७ बजे

















