गृहपृष्ठ जनकपुरमा चोरी गर्दागर्दै प्रहरीले गोली चलायो, ४ पक्राउ

जनकपुरमा चोरी गर्दागर्दै प्रहरीले गोली चलायो, ४ पक्राउ

goli-prahar2-newskarobar

जनकपुरधाम उपमहानगरको गेट अगाडी जानकी फर्निसिङमा चोरीको प्रयास गर्ने ४ जनालाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।

प्रहरीले तीन राउण्ड गोली चलाएको हो । बिहीबार बिहान साढे ३ बजे पसलको सटर फोड्ने क्रममा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए । चोरीमा संलग्न एक जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अञ्चल अस्पताल जनपुर पुर्याइएको छ । पक्राउ पर्नेमा २ जना भारतीय र दुई रौतहटका भएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय भने खुल्न सकेको छैन ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु