गृहपृष्ठ प्रदेश सरकारको ‘म अघि बढ्छु’ अभियान

प्रदेश सरकारको ‘म अघि बढ्छु’ अभियान

एक नम्बर प्रदेश सरकार ‘म अघि बढ्छु’ कार्यक्रमलाई सफल बनाउन लागिपरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्वको १४ वटै जिल्लामा सञ्चालनमा ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमलाई सफल बनाउन जुटेसँगै झापामा पनि अभियानलाई तीब्रता दिइएको हो । यसैक्रममा ‘म अघि बढ्छु’ झापा जिल्ला स्तरीय अनुगमन समितिको आयोजनामा भद्रपुरमा सामुदायिक तथा नीजि विद्यालयका शिक्षकलाई एक दिने प्रशिक्षण दिइएको छ ।

‘म अघि बढ्छु’ अभियानमा सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृत, नैतिक, सभ्य, लागूऔषध दुव्र्यसन मुक्त, सुजनशील, समाजिक उत्तरदायी तथा समतामूलक समााज निर्माण गर्न सहयोग पुर्याउनेमा विद्यालयको शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने हुँदा उनीहरुलाई प्रशिक्षण दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा ५५ जना शिक्षक नायकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली र जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक होम अधिकारीले सहजिकरण गरेका थिए ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु