गृहपृष्ठ सार्कलाई गति दिन सबै सदस्य राष्ट्र प्रतिबद्ध छन् : परराष्ट्रमन्त्री ज्ञवाली

सार्कलाई गति दिन सबै सदस्य राष्ट्र प्रतिबद्ध छन् : परराष्ट्रमन्त्री ज्ञवाली

pradip_gyanwali_newskarobar

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गति दिन सबै सदस्य राष्ट्र तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी भएर बुधबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले सार्कको अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता जनाएको बताए ।

मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति तय नभइसकेको जानकारी दिए । ‘चीनका राष्ट्रपतिले निकट भविष्यमै नेपालको भ्रमण गर्ने सम्भावना छ,’ उनले भने, ‘तर मिति निर्धारण भइसकेको छैन ।’

संयुक्त राष्ट्रस‍ंघको ७४औं महासभामा मन्त्री ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।

महासभामा विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखको सहभागिता थियो । विभिन्न देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट महासभामा प्रतिनिधित्व भएको थियो ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु