गृहपृष्ठ मौसम सामान्य बन्दै, दसैंसम्म सफा भइ सक्ने
मौसम सामान्य बन्दै, दसैंसम्म सफा भइ सक्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:०० बजे अब जनाएअनुसार देशभर मौसम सामान्य बन्दै गएको छ । आज अत्यन्त कम स्थानमा पानी पर्ने जनाइएको छ । त्यसैले दसैंसम्म मौसम सफा भइसक्ने देखिन्छ ।
भारतको उत्तर प्रदेश आसपास न्यूनचापीय प्रणाली रहेको छ र यसले नेपालमा सामान्य प्रभाव परेको छ। हाल देशको मध्य क्षेत्रमा सामान्य बदली रही १-२ स्थानहरूमा हल्का वर्षा भइरहेको छ र अन्य स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बिहीबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरूका साथै पश्चिमका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै साथै पश्चिमका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित समय १०:१४ बजे

















