गृहपृष्ठ पोखरीमा डुबेर बालिकाको मृत्यु
पोखरीमा डुबेर बालिकाको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छन् । मृत्यु हुनेमा कञ्चनरुप ४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको उनले बताए ।
प्रकाशित समय ०८:१४ बजे

















