गृहपृष्ठ वातावरणीय न्यायका लागि सगरमाथा आधार शिविरमा भोक हड्ताल

वातावरणीय न्यायका लागि सगरमाथा आधार शिविरमा भोक हड्ताल

hunger strike at everest base camp

वातावरणीय न्यायको माग गर्दै ४ युवाले ५ हजार ३ सय ६४ मिटर उचाईमा अवस्थित सगरमाथा आधार शिविरमा भोक हड्ताल गरेका छन् । इटहरीका पत्रकार विराट अनुपम, निजामती कर्मचारी सुरेश कार्की, राजनीतिकर्मी भीमप्रसाद सुवेदी र उद्यमी सन्तोष निरौलाले बुधबार बिहान १० बजेदेखि ४ घण्टा भोक हडताल गरेका हुन् ।

पदयात्रा गर्दै आधार शिविर पुगेकाे साे टाेलीले २४ घण्टे भोक हड्ताल गर्ने योजना भए पनि प्रतिकुल माैसमका कारण ४ घण्टामा छाेट्याएकाे थियाे । हिमपातका कारण हड्ताल बीचैमा टुङ्ग्याउनु परेकाे टाेलीका प्रवक्ता पत्रकार अनुपमले बताए ।

जलवायु परिवर्तनलाई सम्बाेधन गर्न सन् २०१६ मा भएको पेरिस सम्झौता, नेपाल सरकारले जलवायु परिवर्तनकाे विषयमा सन् २०२० मा गर्न लागेको सगरमाथा संवाद, जलवायु न्यायका लागि भएकाे greta thunberg अभियान र प्रदेश १ सरकारले बनाउने घोषणा गरेको नेपालको होचो स्थान झापाकाे केचनादेखि सगरमाथासम्मको पर्यावरणमैत्री ट्रयाकको समर्थनको लागि पनि आधार शिविरमा भोक हड्ताल गरिएको उनले जानकारी दिए ।

तस्बिरहरू : विराट अनुपमकाे फेसबुकबाट ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु