गृहपृष्ठ ३३ तोला सुनसहित भारतीय नागरिक फरार

३३ तोला सुनसहित भारतीय नागरिक फरार

पोखराको न्यूरोडमा रहेको गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्क्विहीन भएका छन् ।

भारतको कलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । राजवंशी लामो समयदेखि गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालि काम गर्दै आइरहेका थिए ।

ज्वेलर्सको ३३ तोला सुन लिएर सिर्जनाचोकमा रहेको गहना बनाउने ठाउँमा लिएर गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु