गृहपृष्ठ वैज्ञानिक तरिकाले भाडादर निर्धारण गर्न अध्ययन सुरु

वैज्ञानिक तरिकाले भाडादर निर्धारण गर्न अध्ययन सुरु

सरकारले सार्वजनिक यातायातमा वैज्ञानिक तरिकाले भाडादर निर्धारण गर्न अध्ययन सुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिबापत लाग्ने खर्च र सवारी साधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो/होइन भनी निर्क्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक दशक पहिलेदेखि सुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘केही महिनाभित्र त्यसको अध्ययन हुनेछ ।’  अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो ।

भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए । यातायात व्यवसायी महासंघले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो । पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुन नसकेको बताइएको छ । (रासस)

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु