गृहपृष्ठ ग्रानडा ला लिगाको शीर्षस्थानमा

ग्रानडा ला लिगाको शीर्षस्थानमा

स्पेनिस लिग ला लिगाअन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले हराउँदै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

ग्रानडाका लागि अल्भारो भाडी खेलको ६१औं मिनेटमा गोल गरे । त्यसपछि दुवै टोलीले गोल गर्नए सेकनन् र ग्रानडा विजयी बन्यो । ग्रानडा क्लब इतिहासमा नै पहिलो पटक शीर्ष डिभिजनको लिगको शीर्षस्थानमा पुगेको हो । ग्रानडाले १० खेल खेल्दै २० अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ९ खेलबाट १९ अंक छ । बेटिस हारसँगै रेलिगेसन जोनमा झरेको छ ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु