गृहपृष्ठ ‘भीआइपी’ जुवा प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’मा, ६ जुवाडेकाे भाइटीका हिरासतमै

‘भीआइपी’ जुवा प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’मा, ६ जुवाडेकाे भाइटीका हिरासतमै

vip juwade

दुई करोड ६७ लाख नगदसहित शनिबार महाराजगञ्ज क्षेत्रबाट पक्राउ परेका २५ जुवाडेमध्ये सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका ६ जनाको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएकाे छ । गैर कानूनी थुनामा राखिएको दावी गदै उनीहरूले सर्वाेच्चमा दर्ता गराएकाे बन्दीप्रत्यक्षीकरणको निवेदन साेमबार हेर्दाहेर्दैमा राखिएकाे हाे ।

सर्वाेच्चकाे याे आदेशसँगैै उनीहरूकाे भाइटीका पनि हिरासतमै हुने भएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडाैँका डीएसपी हाेबिन्द्र बाेगटीले अब भाइटीकापछि मात्र उनीहरूलाई  अदालतमा उपस्थित गराइने जानकारी दिए ।

शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ मध्ये बलराम सापकोटा ‘बले’, ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाकाे तर्फबाट आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएकाे थियाे ।

‘भीआईपी’ जुवाको खालबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु