गृहपृष्ठ खोटाङको हलेसीमा बस दुर्घटना, १३ घाइते

खोटाङको हलेसीमा बस दुर्घटना, १३ घाइते

durghatna2-newskarobar

हलेसी चुवाचुङ नगरपालिका- १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम दिक्तेलबाट विराटनगरका लागि छुटेको को१ख ६३२० नम्बरको बस बुधबार बिहान पौने ८ बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा पुर्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु