गृहपृष्ठ भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

death-newskarobar

कमलविनायकमा बसले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

बा४ख ६०७ नम्बरको बसले मंगलबार बेलुका दुई जना पैदलयात्री र बा ७०प६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी ३ बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको हो । बसको ठक्करबाट भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकलमा सवार कागेश्वरी मनहरा-१ का ३० वर्षका प्रकास सुनुवार घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु