गृहपृष्ठ प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि  स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्किएका थिए । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु