गृहपृष्ठ ज्यान तथा अंगभंग मुद्दामा फरार दुई अभियुक्त पक्राउ
ज्यान तथा अंगभंग मुद्दामा फरार दुई अभियुक्त पक्राउ
ज्यान मार्ने तथा कुटपिट अंगभंग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका-२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका-३ का २० वर्षीय सतिषकुमार मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई आआफ्नो घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेस गरेको उनले बताए ।
प्रकाशित समय १०:४३ बजे

















