गृहपृष्ठ नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिक मृत फेला

नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिक मृत फेला

death-newskarobar

नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला परेका छन् । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच होटलमा मृत फेला परेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका ४ लबुचेस्थित नेसनलपार्क होटलमा आर्मोड मंगलबार बिहान मृत फेला परेका हुन् । डाइनेस्टिक हेलिकप्टरमार्फत शव परीक्षण गर्न शिक्षण अस्पताल महारजगन्ज लगिएको छ ।

उनी एड्भेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए । लेक लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु