गृहपृष्ठ बुढीगण्डकीको मुआब्जा माग्दै डा. भट्टराई धर्नामा

बुढीगण्डकीको मुआब्जा माग्दै डा. भट्टराई धर्नामा

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा भएको ढिलाईको विरोधमा समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् । गोरखा जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग डा. भट्टराई धर्नामा बसेका हुन् ।

‘मुआब्जा वितरणमा भएकोे ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन धर्नामा,’ उनले ट्विटमार्फत् जनाएका छन्, ‘राष्ट्रिय गाैरवकाे यस परियाेजनाकाे समस्या हल गर्न सरकारका तुरून्त ध्यान पुगाेस् ।’

महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको ध्यान केन्द्रित गर्न उनले सुझाएका छन् ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु