गृहपृष्ठ बहुचर्चित एनसेल लाभकर प्रकरण : आज फैसला सार्वजनिक हुँदै

बहुचर्चित एनसेल लाभकर प्रकरण : आज फैसला सार्वजनिक हुँदै

सर्वोच्च अदालतले निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलको लाभकर विवादसम्वन्धी फैसलाको पूर्णपाठ आज जारी गर्ने भएको छ । सर्वोच्च स्रोतका अनुसार फैसलाको पूर्णपाठ तयार भइसकेको र केही प्राविधिक कुरा मिले आजै सार्वजनिक गर्ने तयारी भइरहेकाे छ।

सर्वोच्चले फैसलाको पूर्ण पाठ तयार नगर्दा ठूला करदाता कार्यालयले एनसेलको बिक्रीमा लाग्ने कर टुंगो लगाउन सकेको छैन । न्यायाधीश तेजबहादुर केसीसहित पाँच न्यायाधीशको इजलाशले एनसेलको माग दाबीअनुसारकै फैसला सुनाउँदै करिब १८ अर्ब रुपैयाँ जरिवानाबाट उन्मुक्ति दिएको थियो ।

ठूला करदाता कार्यालयले बैसाख ३ गते एनसेलले ३९ अर्ब रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै त्यो रकम ७ दिनभित्र बुझाउन पत्र लेखेको थियो । एनसेलले साे मिति सकिनु १ दिनअघि ९ बैसाखमा आफूमाथि लगाइएको कर उचित नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । साे रिटमा सर्वोच्चले कर कार्यालयको निर्णय बदर गरिदिएको थियो ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु