गृहपृष्ठ झुलाघाट सीमा नाका चार दिनका लागि बन्द

झुलाघाट सीमा नाका चार दिनका लागि बन्द

Jhulaghat_baitadi_newskarobar झुलाघाट नाका ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते  भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो । (रासस)

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु