गृहपृष्ठ सिंघिया खोलाको अस्तित्व जोगाउन अन्तर्क्रिया
सिंघिया खोलाको अस्तित्व जोगाउन अन्तर्क्रिया
विराटनगरको पूर्वमा अवस्थित सिंघिया खोलाको अस्तित्व जोगाउन शनिबार अन्तर्क्रिया गरिएको छ । कार्यक्रम सामाजिक विकास मन्त्रालयको आयोजना, विराटनगर महानगरपालिकाको सहआयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयोजनमा भएको हो ।
सो अवसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सिंघिया खोलाको अस्तित्व संकटमा परेकाले यसको अस्तित्व बचाउन सबै लाग्नुपर्ने बताए । वातावरणीय प्रतिकुलता र चुनौतीले सिंघिया खोलाको अस्तित्व संकटमा परेको उनको भनाइ थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सिंघिया संरक्षण तथा सफाइ अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संरक्षणका लागि तटबन्ध निर्माण गर्नुपर्ने तथा फोहरमुक्त बनाउनुपर्ने सुझाव दिए ।
बर्सेनि किनार कटान हुने गरेका कारण सिंघिया खोला बगरको रूपमा परिणत हुने खतरा बढेकाे छ । यसका साथै फोहोर बिसर्जनले खोला प्रदुषित भएकोप्रति चिन्ता बढेको हो ।
कार्यक्रममा प्रदेश सांसद, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरु उपस्थित थिए ।
प्रकाशित समय १२:५० बजे

















