गृहपृष्ठ देशको विकासमा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण

देशको विकासमा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन, औद्योगिक र कृषि मेलाको संयोजनबाट मुलकले विकासको पूर्वाधारका क्षेत्रमा प्रगति गरिरहेको देखाउने बताएका छन् । उनले यसबाट मात्र देशकाे विकास सम्भव भएकाे बताए ।

चेम्बर अफ कमर्ससँग आवद्ध उद्योग व्यापार संगठन भैरहवाद्वारा आयोजित पाँचौ लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ को अवलोकन तथा अन्तर्क्रियामा उनले सो कुरा बताएका हुन् । यस्तो मेलाहरु बर्सेनि आयोजना गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

यसैबीच गुल्मी चेम्बर अफ कमर्सको प्रथम साधारण सभामा सहभागी हुँदै अध्यक्ष श्रेष्ठले मुलुकको समग्र विकासमा उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताए । साधारण सभाको उद्घाटन गर्दै उनले सामाजिक सेवामा पनि चेम्बर सक्रिय रहेको उल्लेख गरे ।

स्थानीय उत्पादनहरुको निर्यातलाई प्राथमिकता दिनुपर्ने उनले बताए । ‘सुन्तला, कफीको निर्यातलाई प्राथमिकता दिनुपर्छ । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पनि उचित प्रसारप्रसार आवश्यक छ,’ उनले भने ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु