गृहपृष्ठ खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

pakrau-arrest-newskarobar

कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ मेनरोड नजिकैबाट भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षीय विवेक गुप्ता र धनगढी-३ घर भई हाल कञ्चनपुर पुर्नवास नगरपालिका-११ बस्ने २९ वर्षीय दीप थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

विशेष सूचनाका आधारमा उनीहरूलाई जाँच गर्दा विवेक गुप्ताले लगाएको पाइन्ट पछाडिको बायाँ खल्तीमा लुकाइछिपाई राखेको दुई ग्राम ६८० मिलिग्राम खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु