गृहपृष्ठ इकोनोमिक करिडोर बोझ होइन : पाकिस्तान
इकोनोमिक करिडोर बोझ होइन : पाकिस्तान
पाकिस्तानका नवनियुक्त योजनामन्त्री मन्त्री असद उमरले शनिबार चीन-पाकिस्तान इकोनोमिक करिडोर (सिपिइसी) आफ्नो देशका लागि कहिल्यै बोझ नहुने बताएका छन् । बरू यसले भविष्यमा देशको औद्योगिक विकासका लागि दरिलो आधार बनाउन सहयोगी हुने बताएका छन् । करिडोरका कारण चीनसँगको सम्बन्ध थप मजबुत हुने उनले दाबी गरेका छन् ।
पाकिस्तानी पत्रिका डनले उमरलाई उद्धृत गर्दै पाकिस्तान सिपिइसीलाई सहयोगका रूपमा मात्र नदेखेको, सरकार सदैव विकास प्रक्रियालाई अगाडि बढाउन चाहने उल्लेख गरेको छ । विगतमा पाकिस्तानले पाएको वैदेशिक सहयोगले देशको प्रगतिलाई वास्तिवक रूपमा योगदान नगरेको उनको भनाइ छ । वैदेशिक सहयोगको माध्यमबाट पाकिस्तान आफ्नै खुट्टामा उभिनुपर्ने उनले बताए । अमेरिकाले २१ नोभेम्बरमा पाकिस्तानले सिपिइसीको उपयोग आफ्नै लाभका लागि गर्दै छ ।
‘हामी धेरै पटक भनेका छौं, सिपिइसीबाट दुवै देशलाई फाइदा भएको छ । चिनियाँ कम्पनीहरूले व्यापार गरे, उनीहरूको सामान पाकिस्तान आयो,’ उमरले भने, ‘पाकिस्तानमा आधारभूत रूपमा बिजुलीको आपूर्ति भयो ।’ यसअघि अमेरिकी शीर्ष राजनीतिज्ञले बिहीबार एक कार्यक्रममा चीनले सिपिइसीमा लगानी गर्नुको उद्देश्य पाकिस्तानको सहयोग नभई आफ्नै फाइदाका लागि हो, यदि चीनले लामो समय सिपिइसीको इन्फ्रास्ट्रक्चरमा लगानी गर्यो भने पाकिस्तानको अर्थव्यवस्था ध्वस्त हुने बताएका थिए ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार इकोनोमिक करिडोर चिनियाँ राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी योजना हो । यसमा पाकिस्तानको ग्वादरदेखि चीनको कासगरसम्म ५० बिलियन डलरको लागतमा आर्थिक करिडोर बनाइँदै छ । यसमार्फत चीन की अरब सागरसम्म पुग्नेछ । सिपिइसीको माध्यमबाट चीन सडक, बन्दरगाह, रेलवे र ऊर्जा प्रोजेक्ट्समा काम गर्दै छ ।
प्रकाशित समय १२:२० बजे

















