गृहपृष्ठ व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मानित
व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मानित
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फ स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ । नवोदित कलेज सामाखुसीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेकाले आज सम्मान गरेको हो ।
भण्डारीले स्नातक तह (२०७३-०७६) मा ७८.६५ प्रतिशत अंक ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका-२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरे ।
कलेजका प्राचार्य राजेन्द्र अधिकारीका अनुसार विसं २०५० मा निजी लगानीमा स्थापित उक्त कलेजले नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ । (रासस)
प्रकाशित समय १२:३२ बजे

















