गृहपृष्ठ बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ajaya-shrestha

बैंकिङ कसुरको आरोपमा पक्राउ परेका बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले श्रेष्ठलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न सोमबार आदेश दिएको हो ।

उनीसँगै बैंक अफ काठमाडौंका अर्का कर्मचारी किरणकुमार बोहोरालाई पनि छाड्न सर्वोच्चले आदेश दिएको छ । श्रेष्ठलाई पाटन जिल्ला अदालतले असोज १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु