गृहपृष्ठ श्रमिकलाई सूचीकृत गर्न दबाबमूलक कार्यक्रम

श्रमिकलाई सूचीकृत गर्न दबाबमूलक कार्यक्रम

श्रमिकलाई सूचीकृत गर्न संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रले आज यहाँ दबाबमूलक कार्यक्रम गरेको छ । ‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराका साथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सो कार्यक्रमअनुरूप रोजगार प्रतिष्ठान मोरङ व्यापार संघलाई दबाबसँगै ध्यानकर्षण गराएको हो ।

पटक–पटक सूचीकरणका निम्ति समय थप गरिरहँदा पनि श्रमिकको त्याग र संघर्षबाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सूचीकृत नगराउनु घोर आपत्ति रहेको जनाउँदै मोरङ व्यापार संघको श्रमिकले ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले नयाँ श्रम ऐन लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान सूचीकृत हुनुपर्ने, मजदुरहरूले पाउनुपर्ने अधिकार दिनुपर्ने र अन्यथा सम्पूर्ण ट्रेड युनियन तथा श्रमिक चरणबद्ध आन्दोलनमा जाने बताए । ट्रेड युनियन महासंघ समाजवादी फोरमका अध्यक्ष महोम्मद सदरुल मियाँले सरकारले दिएको सेवाबाट वञ्चित गर्न नपाइने बताए । (रासस)

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु