गृहपृष्ठ अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरबाट राष्ट्रपति स्तब्ध
अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरबाट राष्ट्रपति स्तब्ध
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएकी छन् । आज ट्विट गर्दै उनले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
‘हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु,’ ट्विटमा भनिएको छ ।
अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले म स्तब्ध भएको छु । शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको महसुस गरेको छु ।
— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) November 28, 2019
प्रकाशित समय १६:०० बजे

















