गृहपृष्ठ मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक

मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक

सरकारले नेपाल-भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहससचवस्तरीय बैठकका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले साे जानकारी गराएका हुन् ।

त्यस्तै भूमीसम्बनधी एकिकृत विधेयक तर्जुमा गर्न पनि सरकारले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारले गुठीसमेत समावेश गरी भूमिसम्बधन्धी एकीकृत विधेयक तर्जुमा गर्न मंसिर ५ गतेकाे मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हाे ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु