गृहपृष्ठ जनकपुरको सुरक्षा अवस्था कडा, साढे ४ हजार प्रहरी परिचालन
जनकपुरको सुरक्षा अवस्था कडा, साढे ४ हजार प्रहरी परिचालन
फाइल तस्बिर
रामजानकी विवाह महोत्सवका लागि जनकपुरको सुरक्षा व्यवस्था कडा गरिएको छ । धनुषाका सिडिओ प्रदिपराज कणेलका अनुसार महोत्सवमा आउने श्रद्धालु र सहभागीको सुरक्षालाई मध्यनजर गर्दै साढे ४ हजार प्रहरी परिचालन गरिएको हो ।
शान्ति सुरक्षाका लागि पाँच जना एसपी र १३ जना डीएसपीको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेपाल तथा भारतका अधिकारी तथा साधुसन्तको सुरक्षार्थ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
सिडिओ कणेलका अनुसार सुरक्षा व्यवस्था र लाइन मिलाउनका लागि नेपाली सेनालाई समेत खटाइएको छ । जनकपुरमा १२ समूहमा सादा पोसाकका प्रहरीलाई चोरी तथा हुलदंगा नियन्त्रणका लागि खटाइएको छ ।
प्रकाशित समय १८:१२ बजे

















