गृहपृष्ठ विवाह पञ्चमी महोत्सवमा ५२ जना पाकेटमार पक्राउ

विवाह पञ्चमी महोत्सवमा ५२ जना पाकेटमार पक्राउ

विवाह पञ्चमी महोत्सवमा आएका भक्तजनहरुको पाकेटमारी गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

आइतबार बिहानदेखि रातिसम्म नेपाल प्रहरीले ३८ जना र सशस्त्र प्रहरीले १४ जना पाकेटमार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल धनुषाका एसपी राजेश उप्रेतीले सादा पोशाकमा खटिएका टोलीले उनीहरूलाई पक्राउ गरेको बताए ।

पक्राउ परेका पाकेटमारलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक छन् ।

जनकपुरमा महोत्सवका लागि करिब ४ हजार सुरक्षाकर्मी परिचालित छन् । यसबाहेक पाकेटमारी नियन्त्रण गर्न सादा पोसाकमा समेत सयौँ प्रहरी खटाइएको छ । महोत्सवमा एक सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

बढी असुल्ने होटल सञ्चालक पक्राउ

एउटै कोठाको ५५ सय रुपैयाँ लिएको भन्दै भक्तजनहरुले गुनासो गरेपछि धनुषाका सीडीओ प्रदिपराज कणेलको नेतृत्वमा जनकपुरको रामानन्दचौकस्थित सिटी प्यालेसका म्यानेजर नरेश चौधरीलाई पक्राउ गरेको छ । सामान्य रुपमा एउटा कोठामा एक रात सुतेको ५५ सयको बिल देखाएको जानकारी आएपछि म्यानेजरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु