गृहपृष्ठ धरानमा रोचक प्रतिस्पर्धा : अन्तत : कांग्रेसले मार्याे बाजी
धरानमा रोचक प्रतिस्पर्धा : अन्तत : कांग्रेसले मार्याे बाजी
उपनिर्वाचनमा सबै तहका ५० ठाउँको मतगणना सकिएपछि सबैको ध्यान सुनसरीको धरान उपमहानगरपालिकामा थियो । धरानमा लामो समयदेखि नेकपाकै पकड क्षेत्र मानिएको हुँदा नेकपालाई आफूले जित्नेमा शंका थिएन । कांग्रेस पनि त्यो ठाउँको प्रचार र उम्मेदवार बलियो भन्दै चुनाव आफ्नो पार्टीले जित्नेमा ढुक्क थियो ।
मतगणनामा सुरुदेखिकै कडा प्रतिस्पर्धा भइरह्यो । अन्ततः धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भए ।
तिलकले नेकपाका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भए । ५५ हजार मत खसेको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका छन् ।
०७४ को स्थानीय निर्वाचनमा तिलक राईलाई नै पराजित गर्दै तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।
२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालीन (एमाले) का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।
प्रकाशित समय ११:३३ बजे

















