गृहपृष्ठ सिसुवारमा नारायणी नदीमै मृत गैंडा फेला
सिसुवारमा नारायणी नदीमै मृत गैंडा फेला
फाइल तस्बिर ।
भरतपुर महानगरपालिका-२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९:३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । उक्त स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज हेर्ने नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ ।
घिमिरेले उक्त स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए । बूढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेपछि बगेको अनुमान गरिएको घिमिरेको भनाइ छ । यो सँगै चालु आर्थिक वर्षमा पाँच वटा गैँडा कालगतिले मरेका छन् । (रासस)
प्रकाशित समय १३:०४ बजे

















