गृहपृष्ठ चौबिस माइलमा जिप दुर्घटना हुँदा दुई जनाको निधन

चौबिस माइलमा जिप दुर्घटना हुँदा दुई जनाको निधन

सांकेतिक तस्बिर

पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिस माइलमा आज जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४२०९ नम्बरको जिप सिद्धार्थ राजमार्गको सडकदेखि करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु